काठमाडौं,२९ असोज ।
नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गलत सल्लाह दिए सम्बन्ध नमिठो हुने कर्मचारीलाई चेतावनी दिएका छन् ।

बिहीबार सञ्चारमन्त्रीको पदभार ग्रहण गर्दै उनले गलत सूचना दिने तथा गलत ढंगले सल्लाह दिए सम्बन्ध नमिठो हुने चेतावनी दिएका हुन् ।

आफू गलत नगर्ने र गलत गर्नेहरुलाई पनि स्वीकार नगर्ने बताउदै मन्त्री गुरुङले भने, ‘म पनि गलत गर्ने छैन, तपाईंहरुले गलत गरेको स्वीकार्ने छैन । तपाईहरुसँग मेरो यही सम्झौता हो ।’

उनले दोहोर्याएर भने– ‘मन्त्रीले कुरा बुझेको छ कि छैन । यति कुरा त अलमल्याएर यसरी नै जान सकिन्छ भनेर तपाईहरुले पनि बाङ्गोटिङ्गो बाटो लिनुभयो भने म छिटो बुझ्न प्रत्यन गर्नेछु ।’

प्रधानमन्त्रीले चुनौतीपूर्ण जिम्मेवारी दिँदैछु भनेको स्मरण गर्दै उनले त्यो चुनौती सामना गर्न आफू सक्षम छु भन्ने विश्वासका साथ आएको बताए । आफ्नो कार्यकालको १०० दिनमा गलत अभ्यासको पहिचान गरेर अन्त्य गर्ने उनको संकल्प छ ।