पार्वत गुरुङ सञ्चार मन्त्री

काठमाडौँ,२८ असोज ।
केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली को सिफारिसमा राष्ट्रपति बिद्यादेबी भण्डारीले मन्त्रिपरिषद् हेरफेर गरेकी हुन् ।

नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्मा नयाँ नियुक्ति र कार्यविभाजन हेरफेर गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

नयाँ मन्त्रिपरिषद्मा नेकपा महासचिव विष्णु पौडेलले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् भने यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हालेका पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

नयाँ हेरफेर अनुसार उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ ।

उनले सम्हाल्दै आएको रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा लिलानाथ श्रेष्ठलाई दिइएको छ भने सहरी विकास मन्त्रालयको जिम्मा कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ । यो मन्त्रालय भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले सम्हालेका थिए ।