काठमाडौं,२४ असोज ।
साझा पार्टीले शरदराज पाठकलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।

यसअघि सहप्रवक्ता रहेका पाठकलाई पार्टीले प्रवक्ताको जिम्मेवारी दिएको हो ।

छ महिनादेखि सहप्रवक्ताको भूमिका निर्वाह गर्दै आएका केन्द्रीय सदस्य पाठकलाई प्रवक्ता नियुक्त गरिएको साझा पार्टीको केन्द्रीय सचिवालयद्धारा जारी बिज्ञप्तिमा जनाइएको छ ।

प्रवक्ता पाठक गत संघीय निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट उमेदवार बनेका थिए ।

ग्रामीण विकासमा स्नातकोत्तर गरेका पाठकले साझा पार्टीमा सकृय हुनुअघि विभिन्न सञ्चारमाध्यममा सम्पादकीय भूमिकामा रहेर काम गरेका थिए ।

उनले अष्ट्रेलियामा रहँदा अष्ट्रेलियाको नेपालीपत्र साप्ताहिकको संस्थापक सम्पादक भएर काम गरेका थिए भने त्यसअघि उनी नेपालमा कालिका एफएम तथा रेडियो अन्नपूर्ण नेपालको समाचार प्रमुख र कान्तिपुर एफएमको सम्पादकीय टोलीका सदस्य थिए ।