बुटवल,१२ असार ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक डाक्टर र २२ जना स्वास्थ्य जाँच गराउन आएका सेवाग्राही सहित थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि प्रतिष्ठानका सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी र स्वास्थ्य जाँच गराउन आएकाहरूकाे पीसीआर परीक्षण गर्दा कााेना संक्रमण पुष्टि भएको हो ।

काेराेना भाइरस संक्रमण पुष्टि हुनेमा १ जना चिकित्सक, १ जना स्वास्थ्यकर्मी,१ जना अस्पतालमा भर्ना भएका बिरामी र स्वास्थ्य जाँचका लागि आएका २२ जना रहेको प्रतिष्ठानका निर्देशक डा मंगल रावलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमितलाई अस्पतालकै आइसोलेसन वार्डमा राखिएको प्रतिष्ठानले जनाएकाे छ ।
प्रतिष्ठानमा यसअघि ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।