बुुुुुटवल,३१ जेठ ।
प्रदेश ५ मा ४२ र कर्णाली प्रदेशमा ७० गरि थप १ सय १२ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगञ्जमा शनिबार गरिएको परीक्षणमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बाँकेका १९, बर्दियाका ६ र रोल्पाका १७ जना गरी ४२ जनामा कोरोना संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले जानकारी दिए ।

बाँकेको राप्ती सोनारी गाउँपालिकाका १५, खजुरा गाउँपालिकाका ३ र नेपालगञ्ज उपमहानगरपालिकाका एकजनामा संक्रमण देखिएको छ ।

यसैगरी बर्दियाको बारबर्दियाका ६ र रोल्पाको सुनिलस्मृति गाउँपालिकाका १२ र बमरुक गाउँपालिकाका ५ जनामा संंक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

कर्णाली प्रदेशमा शनिबार एकैदिन थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएकाेे छ ।

। प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोेगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ४० र दैलेखका ३० जनामा कोरोना सङ्क्रमण देखिको सामाजिक विकास मन्त्रालय अर्न्तगत जनस्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ ।

कर्णाली प्रदेशमा शनिबार ९ जना काेराेना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् ।
उनीहरु सबै दैलेखका हुन् । प्रदेशमा कोरोनाबाट निको हुनेको सङ्ख्या ९१ पुगेको छ । अहिलेसम्म तीन जनाको ज्यान गइसकेको छ ।

यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ९ सय १६ पुगेको छ ।