बुटवल,१० असाेज । नेपाली कांग्रेस बुटवल उपमहानगरका नवनिर्वाचित सभापति खेलराज पाण्डेले पार्टीको १४ आै महाधिवेशन अन्तर्गत बुटवलमा भएको निर्वाचनलनई आफुलेे मैत्रीपूर्ण खेलकाे रूपमा लिएको बताएका छन् ।
पार्टीको निर्वाचनलाई मैत्रीपूर्ण खेलकाे संज्ञा दिदै उनलेे अब सबैकाे सहयोग लिएर बुटवलमा कांग्रेसलाई पहिलो पार्टी बनाउने उद्घाेष गरे ।
आइतबार बुटवलमा आयाेजित बुटवल उपमहानगर समितिमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र बितरण एवं पदस्थापन कार्यक्रममा बोल्दै नवनिर्वाचित सभापति पाण्डेले आफुहरू आजैदेखि संगठन बिस्तार तथा सुदृढीकरणमा लाग्ने बताए । उनले भने ‘हामी बीच मैत्रीपूर्ण चुनाव भएको हो, हामी सबैले जितेका छौं । मेरो जीतमा सबैको साथ र सहयोग छ । आगामी दिनमा हामी एकतावद्ध भएर अगाडि बढ्छौं , बुटवलमा कांग्रेसलाई पहिलो पार्टी बनाउँछौं ।’

सहमतिमा नेतृत्व चयन गर्ने अन्तिमसम्म प्रयास भए पनि केही प्राविधिक कारणले मात्रै चुनावमा जानुपरेको बताउदै उनलेे मैत्रीपूर्ण खेलमा विजयी र उपविजेता सबै एकढिक्का भएर अगाडि बढ्ने बताए ।
गत स्थानीय तहको निर्वाचनमा पराजित भएको अनुभव बाट पाठ सिकेर अब बुटवललाई कांग्रेसको गढ बनाउने अभियानमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

अहिले मतदाता फोटो खिच्ने काम भईरहेको जानकारी गराउदै उनलेे पार्टीका कुनैपनि पदमा रहने व्यक्तिको मतदाता नामाव लीमा नाम छुटाउन नहुनेमा जाेड दिए ।
कार्यक्रममा सभापति पदकी प्रत्यासी रीता केसी क्षेत्रीले पार्टीको निर्वाचनमा आफू पराजित भए पनि निर्वाचित कार्यसमितिसँग हातेमालो गरेर अगाडि बढ्ने प्रतिवद्वता व्यक्त गरिन् ।
नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका निर्वाचन अधिकृत जिवनारायण अधिकारीकाे सभापतित्व र जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्यद्वय रामबहादुर कार्की र युवराज गिरी,पार्टीका क्षेत्रीय सभापति हरी लम्साल,सहायक मतदान अधिकृत सुमन भुसाल,यमलाल भुसाल लगायतले पार्टीको निर्वाचनलाई हार र जितेको रूपमा नलिएर सबै एकतावद्व भएर अगाडि बढ्नुपर्नेमा जाेड दिए ।

शनिबार राति सम्पन्न निर्वाचनमा निवर्तमान नगर सभापति पाण्डे फराकिलो मतान्तरले विजयी भएका थिए ।