बुटवल,१९ साउन ।
रुपन्देही जिल्लामा मंगलबार थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १९३ जनाको कोरोना परीक्षण गर्दा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा तिलोत्तमा नगरपालिकामा १७ जना, बुटवल उपमहानगरपालिकाका १२, देबदह नगरपालिका र सैनामैना नगरपालिकामा ६÷६ जना , कञ्चन गाउँपालिकामा ५, ओमसतिया गाउँपालिकामा २ र शियारी गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै जिल्लामा कोरोना संक्रमितको कूल संख्या २९ हजार ३१८ पुगेको छ ।

त्यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा ३३ जना कोरोना संक्रमित निको भएका छन् । जिल्लामा हालसम्म २८ हजार ४२७ जना कोरोना संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा जिल्लामा कुनैपनि संक्रमितको मृत्यु नभएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

हालसम्म जिल्लामा ५१६ जना कोरोना संक्रमितको मृत्यु भएको कार्यालयले जनाएको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ४२९ रहेको छ ।