काठमाडौं, १९ साउन । नेपालमा मंगलबार थप ३ हजार ३८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ६३८ पीसीआर परीक्षण गर्दा २ हजार ४४८ र ६ हजार ८० एन्टिजेन परीक्षण गर्दा ९३५ जना गरि ३ हजार ३८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९९४ जना काेराेना संक्रमित निको भएका छन भने थप २४ जनाको मृत्यु भएको छ ।