बुटवल,१९ साउन । लुम्बिनी प्रदेशका विपक्षी दलहरुले प्रदेशसभाको विशेष अधिवेशन आह्वन गर्न माग गर्दै समावेदन दिएका छन् ।

नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,जनता समाजवादी पार्टी र राष्ट्रिय जनमाेर्चा सम्मिलित विपक्षी गठवन्धनले मंगलरबार अपरान्ह ४ः१५ बजे प्रदेश प्रमुखकाे कार्यालयमा प्रदेश सभाको विशेष अधिवेशन आह्वान गर्न समावेदन दर्ता गराएका हुन् ।

यसअघि विपक्षी गठवन्धनले आजै दिउँसो मुख्यमन्त्री शंकर पाेखरेल बिरूद्व प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

मुख्मन्त्री शंकर पोखरेललाई सहज निकासका लागि पहल गर्न आग्रह गर्दा पनि मुख्यमन्त्रीले सहजरूपमा निकास दिन नचाहेकाेले सरकारकाे बिरूद्व अविश्वासको प्रस्ताव दर्ता गर्नुका साथै विशेष अधिवेशन आह्वानका लागि समावेदन दिन बाध्य भएको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक फकरूद्दिन खाँनले बताए ।
नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक तुलाराम घर्ती मगरले पनि विपक्षी दलहरूले सहजरूपमा निकास दिन मुख्यमन्त्री शंकर पाेखरेललाई दबाब स्वरूप प्रदेश प्रमुख समक्ष ध्यानाकर्षण पत्र,बहुमतको सरकार गठनकाे आह्वानका लागि निवेदन दिए पनि मुख्यमन्त्रीले सहज निकास दिनुकाे साटो अवैधानिक हर्कत गर्न थालेकोले अविश्वासको प्रस्ताव दर्ता र विशेष अधिवेशन आह्वानका लागि समावेदन दिन बाध भएको प्रतिक्रिया दिए ।