बुटवल,१९ साउन । विपक्षी गठवन्धन दलहरूले लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल विरूद्व अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । सोमबार मात्र प्रदेश प्रमुख समक्ष संविधानको धारा १६८(२) अनुसार बहुमतकाे सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुख समक्ष निवेदन दिएका विपक्षी गठबन्धनले आज प्रदेश सरकारका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

विपक्षी गठबन्धको तर्फबाट मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारका विरुद्ध नेपाली काँग्रेसका संसदीयदलका नेता विरेन्द्र कनोडियाले अविश्वासको प्रस्ताव दर्ता गराए । विपक्षीहरुको अविश्वासको प्रस्ताव प्रदेश सभा सचिवालयका सचिव दर्लभ कुमार पुन मार्फत सभामुख समक्ष पेश गरिएको छ । विपक्षीहरुले आजै प्रदेश प्रमुख अमिक शेरचनलाई प्रदेशसभाको विशेष अधिवेशनको आह्वान गर्न माग गर्दै अहिले केही बेरमा निवदेन समेत पेश दिने जनाएका छन् ।