बुटवल,१९ साउन । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक सेरचन र मुख्यमन्त्री शंकर पाेखरेलबीच भेटवार्ता भएको छ ।
बहुमत प्रदेश सभा सदस्यकाे हस्ताक्षर सहित विपक्षी गठवन्धन दलले बहुमतकाे सरकार गठनकाे आह्वान गर्न माग गर्दै प्रदेश प्रमुखलाई निवेदन बुझाएको अर्कोदिन आज मध्याह्न प्रदेश प्रमुख शेरचन र मुख्यमन्त्री पाेखरेलबीच भेटवार्ता भएको हो ।

प्रदेश प्रमुख शेरचन र मुख्यमन्त्री पाृखरेलबीच वान टु वान भेटवार्ता भएको जनाइएको छ ।
विपक्षी गठवन्धन दलले नयाँ सरकार गठन गर्ने कसरत गरिरहेका बेला प्रदेश प्रमुख र मुख्यमन्त्रीबीच भेटवार्ता हुनुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।
पाेखरेल नेतृत्वको सरकार अल्पमतमा रहेको र विपक्षी गठवन्धनकाे बहुमत भएको दाबी गर्दै पाेखरेल नेतृत्वको सरकार विस्थापन गरि बहुमतको सरकार गठनका लागि आह्वान गर्न विपक्षी गठवन्धन दलले साेमबार प्रदेश प्रमुख शेरचनलाई निवेदन दिएका थिए ।