काठमाडौं,१८ साउन ।
नेकपा एमालेको केन्द्रीय नेतृत्वमा रहेर माओवादी केन्द्रको सांसद कायम गरिपाउँ भन्ने चार पूर्वमाओवादी नेतालाई पुनर्वहालीको आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

सांसद पदमा पुनर्बहालीको माग गदै दायर रिटमा सोमबार पा्ररम्भीक सुनुवाई गर्दैन्यायाधीस ईश्वरप्रसाद खतिवडाको इजलासले एमाले नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई सांसद पदमा पुनर्बहालीका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

रिट दायरकर्ताालाई कारवाही गर्दा स्पष्टीकरणको उचित मौका दिई सांसद पदबाट हटाएको देखिएको सर्वोच्चले ठहर गरेको छ । यस्तै, इजलासमा पेश भएको एमाले अध्यक्ष केपी ओलीको अन्तरपार्टी निर्देशन ९ भन्ने कागजको प्रतिलिपिमा उनीहरु एमालेको केन्द्रीय नेता भएको प्रष्ट भएको सर्वोच्चले जनाएको छ ।

बाँकी विवाद अन्तिम सुनुवाइका बेला निरुपण हुने भन्दै सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।