बुटवल,१८ साउन ।
बुटवल उपमहानगरपालिकाका १९ सहित रुपन्देहीमा सोमबार थप ४१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

पछिल्लो २४ घण्टामा १७१ जनाको पिसिआर परिक्षण गर्दा ४१ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार सोमबार रूपन्देहीको बुटवल उपमहानगरपालिकाका १९ जना,तिलोत्तमा नगरपालिकाका ८ जना,सिद्वार्थनगर नगरपालिकाका ५ जना,सैनामैना नगरपालिकाका ४ जना देवदह नगरपालिकाका ३ जना,लुम्बिनी सांस्कृतिक नगरपालिका र कञ्चन गाउपालिकाका १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै रुपन्देहीमा कोरोना संक्रमितको कूल संख्या २९ हजार ३१८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लाका थप २७ जना कोरोना संक्रमित निको भएका छन् ।

जिल्लामा हालसम्म २८ हजार ३९४ जना कोरोना संक्रमित निको भइसकेका छन् ।

रूपन्देहीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित कसैको पनि मृत्यु नभएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।

हालसम्म रूपन्देहीका ५१६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ४२८ रहेको छ ।