काठमाडौं,१८ साउन ।
नेपालमा सोमबार थप ३ हजार १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १० हजार ६१३ पीसीआर परीक्षण गर्दा २ हजार २७९ र ३ हजार १९८ एन्टिजेन परीक्षण गर्दा ८४६ जना गरी ३ हजार १२५ जनामा कोरोना संक्रमण पुष्ट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा संक्रमितको कुल संख्या ७ लाख ६२ हजार ४३२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९२५ जना कोरोना संक्रमित निको भएका छन भने २३ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ६ लाख ५८ हजार १२२ जना कोरोना संक्रमित निको भएका छन भने ९ हजार ८९८ जना संक्रमितको मृत्यु भएको छ ।

संक्रमितमध्ये हालसम्म ९४.१ प्रतिशत निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ६२९ रहेको छ ।

सक्रिय संक्रमितमध्ये २८ हजार ४०५ जना होम आइसोलेशन रहेका छन भने ३ हजार २२४ जना संस्थागत आईसोलेशनमा रहेका छन् ।
जसमध्ये ६९० जना आईसीयू र १७५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।