बुटवल, १६ साउन ।
लुम्बिनी साना तथा मझौला ढुवानी व्यवसायी संघ प्रधान कार्यालय बुटवलको ८ औं स्थापना दिवश ( वार्षिकोत्सव ) को अवसरमा रक्तदान तथा अनाथ आश्रममा आश्रीतहरुलाई खाना खुवाइएको छ ।

स्थापना दिवशका अवशरमा बुटवल स्थित मानव सेवा आश्रममा रहेका अनाथहरुलाई आश्रममै पुगर खाना खुवाउनुका साथै वृहत रक्तदान समेत गरिएको संघका सहसचिव तथा कार्यक्रम संयोजक सुन्दर थापा मगरले जानकारी दिए ।

कार्यक्रममा लुम्बिनी साना तथा मझौला ढुवानी व्यवसायी संघ प्रधान कार्यालय बुटवलका अध्यक्ष दिनेश थापाले जहाँ खानाको सम्मान अनि संरक्षण हुन्छ त्यहाँ सदैव लक्ष्मी प्रशन्न भै सुख र शान्ति मिल्ने भन्दै बताए ।

कार्यक्रममा वडा नं. ८ टोलकिास समितिका अध्यक्ष पुनम रजाली, मानव सेवा आश्रमकी कोअर्डिनेटर सरु अधिकारी, कार्यक्रम संयोजक द्धय रविन्द्र श्रेष्ठ र सुन्दर थापा मगर लगाएतले बोलेका थिए ।

स्थापना दिवशकै अवशरमा संघले रक्त सञ्चार सेवा केन्द्र बुटवलमा आयोजित वृहत रक्तदान कार्यक्रममा ४१ युनिट रगत संकलन भएको संघका सचिव तथा कार्यक्रम संयोजक रविन्द्र श्रेष्ठले बताए ।