काठमाडौ,१३ साउन । भारतको उत्तर प्रदेश राज्यमा भएको सडक दुर्घटनामा १८ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा कयौं मानिस घाइते भएको भारतीय संचारमाध्यमहरूले जनाएका छन् ।

हरियाणाको पलवलबाट बिहारतर्फ जाँदै गरेको बसलाई मध्यरातमा उत्तर प्रदेशको बाराबंकी क्षेत्रमा ट्रकले ठक्कर दिएको थियो । बसमा १४० यात्री सवार रहेको खुलेको छ । दुर्घटनामा १८ जनाको घटनास्थलमै मृत्यु गएको हो ।

यात्रीमध्ये अधिकांश हरियाणामा मजदुरी गर्ने बिहारका बासिन्दा थिए। बाराबंकीका एसपी यमुना प्रसादले प्राविधिक समस्या देखिएपछि रोकिएको बसलाई पछाडिबाट तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएको बताएका छन् ।

दुर्घटनामा घाइते भएकाहरूलाई उपचारार्थ बाराबंकी र लखनउस्थित ट्रमा सेन्टर लगिएको छ।