काठमाण्डाै,५ असार । आज लुम्बिनी,गण्डकी,बागमती र प्रदेश-१ का केही ठाउँमा ठूलो पानी पर्ने जल तथा माैसम विज्ञान विभागले जनाएको छ ।
अहिले पनि प्रदेश-१, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पानी परिरहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । आज राति पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको उनलेे बताइन् ।

मनसुन सुरु भएसँगै वर्षा भइरहेकाले आज पनि बाढी पहिरोको जोखिम रहेको भन्दै सावधानी अपनाउन जल तथा माैसम विज्ञान विभागले आग्रह गरेको छ ।
आज, हिजो र अस्ति पानी कम परे पनि भोलिदेखि फेरि मनसुन थप सक्रिय हुने सम्भावना रहेकाले देशभर पानी पर्ने अनुमान गरिएको छ ।

प्रदेश-१, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशको पहाडी क्षेत्रमा पहिरोको जोखिम रहेको विज्ञले बताएका छन् । यस्तै, नदीनाला र खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने हुँदा सतर्कता अपनाउन विज्ञको आग्रह छ । आज दिनभरि नै मौसम बद्ली रहने मौसमविद्ले बताएका छन् ।