काठमाण्डाै,५ असार । लगातारको बर्षापछि आएको बाढीले धनजनको ठूलो क्षति भएको सिन्धुपाल्चोकको मेलम्चीमा हिजो बेलुकी फेरि बाढी आएको छ । गयराति फेरि काठ, दाउरा, ठूला ढुङ्गा र लेदोसहित बाढी आएको हो ।

रातिकाे समयमा बस्तीमा बाढी पसेको थियो । मङ्गलवारजस्तो ठूलो बाढी नआए पनि बाढीले बगाएर ल्याएका ढुङ्गा, काठ र लेदो थप जम्मा भएको स्थानीय बासिन्दाले बताएका छन् ।

अहिले भने बाढी घटेको र वर्षा पनि रोकिएको स्थानीय बासिन्दाकाे भनाइ छ ।