बुटवल,४ असार ।
लुम्बिनी प्रदेश सभाको आन्तरिक मामिला तथा कानुन समितिले विपद् व्यवस्थापन ऐन तत्काल बनाउन प्रदेश सरकारलाई निर्देशन दिएको छ ।

आज बसेकाे समितिकाे बैठकले तत्काल प्रदेश विपद् व्यवस्थापन एेन बनाउन प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई उक्त निर्देशन दिएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवलाई समितिमा बाेलाएर साे निर्देशन दिएको समितिका सचिव सीता घिमिरेले जानकारी दिईन् ।

गुल्मीको सत्यवती,राेल्पाकाे सुनछहारी र दाङको बंगलाचुलीमा तत्काल एकीकृत बस्ती विकास गर्न ,जाेखिमपूर्व वस्तिकाे नक्साङ्कन गरि आवास उपलब्ध गराउने सन्दर्भमा ४० हजार मात्रै दिदा अत्यन्तै कम हुने भएकोले कार्यबिधि संसाेधन गरेर रकम बढाउन,संघीय विपद् व्यवस्थापन कार्यविधिले व्यवस्था गरेको विपद् जाेखिम काेषमा संघको ६०%,प्रदेशको ३०% र स्थानीय तहको १०% रकमकाे सन्दर्भमा सिधै स्थानीय तहलाई नेतृत्व दिने व्यवस्था गर्न र विपद् व्यवस्थापनमा स्थानीय सरकारकाे मुख्य भुमिका हुने भएकोले प्रदेश सरकारबाट स्थानीय सरकारलाई सिधै जाेड्नसक्ने संयन्त्र निर्माण गर्न समेत समितिले मन्त्रालयलाई निर्देशन दिएको छ ।
बैठक समिति सभापति दामाकुमारी शर्माकाे सभापतित्वमा बसेकाे थियो ।