बुटवल,४ असार । ​ रुपन्देहीमा बिगत केही दिनयता काेराेना संक्रमण पुष्टि हुनेकाे संख्या घटिरहेको छ । कुनै समय राजधानी काठमाडौ पछि देशकै बढी संक्रमण पुष्टि हुने जिल्लाकाे रूपमा रहदै आएको रूपन्देही जिल्लामा शुक्रबार भने ८ जनामा मात्रै संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा जिल्लाका १८२ जनाको पिसिआर परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
यससँगै रूपन्देहीका हालसम्म २७ हजार ८३६ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
स्थ्य कार्यालय रूपन्देहीका अनुसार शुक्रबार रूपन्देहीको बुटवल उपमहानगरपालिका,तिलोत्तमा नगरपालिकामा र सैनामैना नगरपालिकाका २÷२ जना ,सिद्धार्थनगर नगरपालिका र मर्चवारीमाई गाउपालिकाका १/१ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ४५३ रहेको छन् ।

​पछिल्लो २४ घण्टामा रूपन्देहीका थप ९९ जना काेराेना संक्रमित निकाे भएका छन् । जिल्लामा हालसम्म २६ हजार ९०७ जना काेराेना संक्रमित निकाे भैसकेका छन् ।
त्यस्तै रून्देहीमा पछिल्लो २४ घण्टामा थप १ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ । जिल्लामा हालसम्म ४७६ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ ।
हाल जिल्लामा ४५३ जना सक्रिय संक्रमित रहेका छन् ।