काठमाडौं,३० जेठ । नेपालमा २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ५१७ पीसीआर परीक्षण गर्दा १ हजार ६९४ जना र ४ हजार ८८९ एन्टिजेन परीक्षण गर्दा ७१३ जना गरी २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ९९४ जना काेराेना संक्रमित निकाे भएका छन् भने ४६ जना काेराेना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

आइतबार कुन जिल्लामा कति जनामा काेराेना संक्रमण ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४५३, कास्कीमा १५८, ललितपुरमा ११२, नुवाकोटमा ९१ र झापामा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै मोरङमा ६१, भक्तपुरमा ५८, सिन्धुपाल्चोकमा ५७, लमजुङमा ५१, रूपन्देहीमा ४७, धादिङमा ४३, सिहरामा ४१ र गोरखामा ३९ जना कोरोना संक्रमित थपिएका छन् ।

तनहुँमा ३०, सप्तरी, सर्लाहीमा २५, सुनसरीमा २४, धनुषा र काभ्रेपलाञ्चोकमा २३/२३ जना, सिन्धुलीमा २२, बाँकेमा २१, अछाममा १९, दाङमा १४, रौतहटमा १३, म्याग्दीमा१२, बर्दियामा ११, कञ्‍चनपुरमा १० जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै स्याङजा, अर्घाखाँची, नवलपरासी पश्चिम र कैलालीमा ८/ ८ जना, महोत्तरीमा ७, उदयपुर र कपिलवस्तुमा ६/६ जना, रामेछाप र डोटीमा /४ जना,मकवानपुरमा ३, पाँचथर,संखुवासभा, पर्सा, रसुवा, बागलुङ, पाल्पा र रूकुम पुर्वमा २/२ जना तथा इलाम, ओखलढुंगा, धनकुटा, भोजपुर, सोलुखुम्बु, बारा, चितवन, नवलपरासी पूर्व, पर्वत, गुल्मी, प्‍युठान, सल्यान, बझाङ, बाजुरा र बैतडीमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्ष मुनिका ४८ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेरस समूहका १७१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।