sf7df8f}F, @& h]7 . gjlgo'Q ;~rf/ tyf ;"rgfk|ljlwdGqL g}gsnf yfkf laxLaf/ dGqfnodf :jfut sfo{qmdnfO{ ;Daf]wg ub}{ . t:jL/ M rGb|snf If]qL,/f;;

साेलुखुम्बु,२८ जेठ । सोलुखुम्बुको पत्तालेमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लोबेडका चालक बाग्लुङका २६ वर्षीय भूमिराज मरासिनी र क्रेनका चालक स्याङजाका २४ वर्षीय रामबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेहरूमा मृतक परियारका श्रीमती लीला परियार र गुल्मीका वसन्त पौडेल रहेका छन् ।

घाइतेमध्ये पाैडेलकाे अवस्था सामान्य छ भने परियारकाे जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डीएसपी) कवित कटवालले जानकारी दिए ।

आज बिहान साढे आठ बजेतिर ग १ क ५१ ७३ नम्बरको लोबेडमा लोड गरेर लगिएकाे क्रेनले हाई टेन्शन लाइनकाे तारमा छाेएकाे हो । करेन्ट लाग्दा गाडीमा आगलागी भएको प्रहरीले जनाएको छ । सोलु हाइड्रोपावर आयाेजनाकाे क्रेन पोखरा मर्मतका लागि लैजाँदै गर्दा दुर्घटना भएको बताइएको छ ।