रुकुम पश्चिम,२६ जेठ । भेरी नदीमा डुबेर रुकुम पश्चिमकी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा रूकुम पश्चिमकाे चौरजहारी नगरपालिका वडा नम्बर १२ का अम्मर डाँगीकी ११ वर्षीया छोरी गीता डाँगी रहेकी छन् ।

जाजरकोटको भेरी नगरपालिका १ रावत गाउँमा आफन्त भेट्न आएकी गीताकी दिदी दीपा डाँगी नदीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । घटनामा रामबहादुर डाँगी घाइते भएका छन् ।

रामबहादुरलाई नदीले बगाउँदै गर्दा स्थानीयवासीले उद्धार गरेका हुन् । आफन्त भेट्न गएका उनीहरू गर्मी छल्न नदीमा पौडी खेल्नेक्रममा बगाएको प्रहरीले जनाएको छ ।