बुटवल,१५ फागुन ।
नेपालमा शनिबार थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार आठ सय २४ जनाको पीसीआर परीक्षण गर्दा ८१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ७४ हजार ६५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ४८ जना कोरोना संक्रमित निको भएका छन् । अहिलेसम्म नेपालमा दुई लाख ७० हजार तीन सय २५ जना कोरोना संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा दुई जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म २ हजार ७ सय ७३ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हाल देशभ नौ सय ६७ जना सक्रिय संक्रमित रहेका छन् ।