जनकपुरधाम,१३ माघ ।
टिपरको ठक्करबाट महोत्तरीको औरही नगरपालिकामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

सोमबार बिहान औरही नगरपालिकाको वडा नम्बर ४ कठुवारमा ना ८ ख ९८० नम्बरको टिपरले ज ६ प १४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक १९ वर्षीय प्रमोद राम र मोटरसाइकलमा सवार १३ वर्षीय बालक गुड्डु नदाफको मृत्यु भएको महोत्तरी प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रञ्जन मिश्रले जानकारी दिए ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

ठक्कर दिने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विरोधमा स्थानीयले टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका छन् ।