बुटवल, १४ पुस ।
गुरुङ समुदायको महान पर्व तमु ल्होसारको अवसरमा मंगलबार बुटवलमा शुभकामना आदान–प्रदान तथा क्यालेण्डर बिमोचन सम्पन्न भएको छ ।

कार्यक्रममा गुरुङ अगुवाहरुले ल्होसारमा दिंदैं आएको सार्वजनिक विदा पुर्नस्थापित नहुंदासम्म तमु समुदायले आन्दोलन नरोक्ने चेतावनी दिए ।

तमु लगायत आदिवासी जनजातिका सांस्कृतिक पर्व सवै समुदायको साझा पर्व भएको भन्दैं दिंदैं आएको विदा कटौति गर्नु विभेद भएको उनिहरुले बताए ।

तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दैं उनीहरुले अधिकारसहित पहिचानको लडाई जारी रहेको बताएका हुन् ।

कार्यक्रममा बोल्दैं तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय संरक्षण समितिका केन्द्रीय सभापति माया गुरुङले आदिवासी जनजातिमाथि गरिदैं आएको विभेद अन्त्य हुंनुपर्नेमा जोड दिंदैं ल्होसारको विदा पुर्नस्थापित हुनुपर्ने धारणा राखे ।

ल्होसार गुरुङ समुदायले मात्रैं नभई सबै समुदायले मान्न थालेकाले राज्यले साझा पर्वको रुपमा घोषणा गर्न उहांले आग्रह गरे ।
परिषद्का केन्द्रीय सदस्य जीएस गुरुङले मुलुकमा घटेको घट्नाले संघीयता,गणतन्त्र र धर्मनिरपेक्षता धरापमा परेको भन्दैं चिन्ता व्यक्त गरे ।

नेपाल आदिवासी जनजाति महासंघ,रुपन्देहीका अध्यक्ष शंकर गाहाले समान अस्तित्व,अधिकारसहित पहिचानको ग्यारेन्टी नहुंदासम्म आदिवासी जनजातिको आन्दोलन नरोकिने बताए ।

कार्यक्रममा परिषद्का पूर्व केन्द्रीय सचिव भीम गुरुङ,केन्द्रीय सल्लाहकार ठाकुरजंग गुरुङ,खेमा लिपी निर्माता बालनरसिंह गुरुङ,जनजाति महासंघ लुम्बिनी प्रदेश समिति अध्यक्ष दिपक गुरुङ, जनजाति महासंघ रुपन्देहीका अध्यक्ष शंकर गाहा,सल्लाहकार राजु गुरुङ,फोनिज,रुपन्देहीका अध्यक्ष सनु थापामगर,तमु माङी समिति,रुपन्देहीकी अध्यक्ष जुनमाया गुरुङ लगायतले बोल्दैं सबै प्रकारको विभेद अन्त्य हुंनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रम अध्यक्ष बिमला गुरुङको अध्यक्षता,सचिव ओमप्रकाश गुरुङको संञ्चालन तथा वरिष्ठ उपाध्यक्ष रामबहादुर गुरुङको स्वागतमा सम्पन्न भएको थियो ।
२०६२÷०६३ को जनआन्दोलनपछि तमु ल्होसारमा दिंदैं आएको विदा नेकपाको सरकार आएलगत्तैं कटौति भएको भन्दैे गुरुङ समुदाय सरकारप्रति असन्तुष्ट रहदै आएका छन् ।