बुटवल,२६ मंसिर ।
राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै राजावादीहरुले शुक्रबार रुपन्देहीमा वृहत मोटरसाइकल र्याली सहित शक्ति प्रदर्शन गरेका छन् ।

यस अघि देशका प्रमुख शहरहरु पोखरा, बुटवल, चितवन, काठमाडौ, नवलपरासी, नेपालगञ्ज लगायत देश का विभिन्न भागमा प्रदर्शन गरेका राजावादीहरुले शुक्रबार रुपन्देहीमा पनि मोटरसाइकल र्यालिको आयोजना गरेका हुन ।
रुपन्देहीको भलवारी बाट सुरु भएको मोटरसाइकल र्याली भैरहवा को बुद्ध चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

रुपन्देहीवासी नेपाली जनताको नाममा भएको सो प्रदर्शनमा सहभागीहरुले नेपालको राष्ट्रिय झण्डा बोकेर राजसंस्था पुनस्र्थापना गरौं, राजा आउ देश बचाउ, हाम्रो राजा प्राणभन्दा प्यारो छ लगायतका नाराहरु लगाएका थिए ।

र्यालीमा अधिकांश युवाहरुको सहभागिता रहेको थियो ।

र्यालीले भैरहवा बजार परिक्रमा गरेको थियो । राजा आउ, देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, राजतन्त्र ल्याउँछौ ल्याउँछौ जस्ता नारा लगाइएको प्रदर्शनमा हजारौं युवाहरुको सहभागिता रहेको थियो ।

अभियानले आगामी २८ गते पाल्पाको रामपुर र २९ गते कपिलवस्तु मा मोटरसाइकल र्यालिको आयोजना गरेको शिव सेना नेपालका सामाजिक अभियान्ता वीर गोर्खाली युवा राजन भट्टराई ( राज शर्माले जानकारी दिए ।