तुलसीपूर,८ मंसिर ।
दाङको देउखुरीमा १ लाख ४६ हजार डेढ लाख नगदसहित जुवाको खालबाट प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

राप्ती गाउँपालिका २ को लालमटिया स्थित राप्ती फेमिली रेस्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १ लाख ४६ हजार रुपैयाँसहित सात जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्युठान सरुमारानी गाउँपालिका ३ का चुमान सिंह सुनार, अल्ली शाह, एडिस मिँया, अक्कबर हुसेन मिँया र कृष्णबहादुर राना तथा दाङको राप्ती गाउँपालिका २ का यमबहादुर राना र रुपेश आले रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीले जुवा खेल्न प्रयोग भएको १० बुक ताससमेत बरामद गरेको छ ।