बुटवल,८ मंसिर ।
रुपन्देहीमा सोमबार थप ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाका ५३ पुरुष र १५ महिला गरी ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सोमबार रुपन्देहीको बुटवल उपमहानगरपालिकाका २३ जना, तिलोत्तमा नगरपालिकाका २० जना, सिद्धार्थनगर नगरपालिकाका १२ जना,सुद्धोधन गाउपालिकाका ४ जना, सैनामैना नगरपालिकाका ३ जना, देवदह नगरपालिका र सियारी गाउपालिकाका २÷२ जना तथा कञ्चन गाउपालिका र मर्चवारी गाउपालिकाका १÷१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै रुपन्देही जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ७ हजार ६ सय ७१ पुगेको छ ।

जिल्लामा हालसम्म ६ हजार ६ सय २६ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्कीएका छन् भने १ सय १६ जनाको मृत्यु भएको छ ।

हाल रुपन्देही जिल्लामा ९ सय २९ जना कोरोना संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।