बुटवल, ८ मंसिर ।
मंसिर २० गतेदेखि नेपालगञ्जमा ३ दिने चौथो राष्ट्रिय हाप्किडो इन्स्ट्रक्चर, एजुकेशनल, सेल्फडिफेन्स, लिडरशिप तथा रेफ्रि सेमिनाार हुने भएको छ ।

नेपाल मार्शल आर्टस हाप्किडो केन्द्रिय संघ र नेपाल मार्शल आर्टस हाप्किडो संघ, लुम्बिनी प्रदेशको सहयोगार्थ एवं नेपाल मार्शल आर्टस हाप्किडो संघ बाँके जिल्लाको आयोजनामा चौथो राष्ट्रिय हाप्किडो इन्स्ट्रक्चर, एजुकेशनल, सेल्फडिफेन्स, लिडरशिप तथा रेफ्रि सेमिनाार हुने भएको हो ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण गत चैत्र महिनादेखि खेल प्रतियोगिताहरुमा लगाएको प्रतिबन्ध सरकारले खुल्ला गरेपछि हाप्किडो संघले पहिलो खेल सेमिनारको आयोजना गर्न लागेको छ ।

संघको बाँके जिल्लाको आयोजनामा हुने सेमिनारको आवश्यक तयारी भैरहेको संघका केन्द्रीय अध्यक्ष काली बहादुर घर्तीमगरले जानकारी दिए ।

सेमिनारमा सहभागि हुने खेलाडीहरुको छनौट र कार्यक्रममा प्रदान गरिने प्रशिक्षणका बारेमा अन्तिम टुङ्गो लागेको अध्यक्ष घर्तीले बताए ।

प्रतियोगितामा ५४ जिल्लाका करिव २ सय खेलाडीहरुको सहभागिता रहने आयोजक हप्किडो संघ बाके जिल्ला अध्यक्ष बुद्धीराज बर्तौलाले जानकारी दिए ।

प्रतियोगितामाा सहभागि खेलाडीहरुलाई मास्टर काली बहादुर घर्तीमगर, प्रमुख प्रशिक्षक सुस्मिता गुरुङ, सहायक प्रमुख प्रशिक्षकहरु भुवन बुढामगर, कृष्ण महर्जन र प्रविण गुरुङले प्रशिक्षण दिने जनाइएको छ ।

देशभरबाट ब्ल्याक बेल्ट देखि मााथिका सिनियर खेलाडीहरुको मात्र प्रतियोगितामा सहभागिता रहने संघले जनाएको छ ।

प्रतियोगितालाई भव्य र व्यवस्थित रुपमा सम्पन्न गर्न लुम्बिनी प्रदेशका सबै जिल्लाहरुको सक्रिय सहभागिता रहेको संघका प्रदेश अध्यक्ष सुवास परियारले बताए ।

सेमिनारको मंसिर २० गते लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन वरालले उद्घाटन गर्ने संघले जनाएको छ ।

हाप्किडो संघले कोरोना संक्रमणका बेला खेलाडीहरुलाई सक्रिय बनाउन भर्चुअल रुपमा पनि प्रतियोगिताहरु आयोजना गरेको थियो ।

नुवाकोट जिल्ला हाप्किडो संघको आयोजनामा भदौमा सो राष्ट्रिय प्रतियोगिता र हाप्किडो केन्द्रिय संघले असोजमा भर्चुअल राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको थियो ।

हाप्किडो संघ, प्रदेश ५ र नेपाल मार्शल आर्टस् हाप्किडो संघको आयोजनामा २०७६ चैतमा प्रथम लुम्बिनी मार्शल आर्टस् हाप्किडो खुल्ला राष्ट्रिय च्याम्पियनसिप गर्ने तयारी गरेको अवस्थामा कोरोना संक्रमण बढेपछि सो प्रतियोागिता अन्तिम चरणमा स्थगित गरिएको थियो ।

चैतमा गर्ने भनिएको राष्ट्रिय स्तरको प्रतियोगिता छिटै बुटवलमा आयोजना गर्ने संघका प्रदेश अध्यक्ष सुवास परियारले बताए ।