बुटवल,८ मंसिर ।
गायक राजेश भण्डारी र गायिका राशि रिजालको स्याङ्जा–नवलपुर गीतले बजारमा चर्चा बटुल्न थालेको छ ।


राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान जिल्ला कार्य समिती स्याङ्जाका सचीव,गायक राजेश भण्डारी र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्य समिती नवलपुरका कोषाध्यक्ष,गायिका राशि रिजालको संयुक्त प्रयासमा बजारमा आएको स्याङ्जा–नवलपुर गीत यूट्युव च्यानल मार्फत सार्वजनिक भएसँगै चर्चा सुरु भएको हो ।

गीतमा चर्चीत मोडल साया भण्डारी र मोडल दिनेश पौडेलको उत्कृष्ट नृत्य साथै अभिनय रहेको छ ।

युनिक मुभिज बुटवलको सम्पादन तथा छायांकनमा बनेको गीत प्रसारण भए लगत्तै धेरै दर्सकले सो गीतमा टिकटक समेत बनाएका छन् ।

प्रसारणमा आएसँगै धेरै दर्सकले टिकटक बनाएर साथ दिएको भन्दै गायक गायिका हौसिएका छन् ।

माया पिरतीसँगै गीतले देश विदेशमा स्याङ्जा र नवलपुर जिल्लाको चिनारी दिएको छ ।