बुटवल,८ मंसिर ।
रुपन्देहीको भलबारीमा भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–१५ मधवलियाका मोटरसाइकल चालक २७ वर्षीय विकास चौधरी र सोही मोटरसाइकलमा सवार २० वर्षीय हरि गुरुङ्ग रहेका छन् ।

आइतबार राति लु २४ प ७५०६ नम्बरको मोटरसाइकल बुटवल–भैरहवा सडकखण्डको भलबारीमा अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किँदा गम्भीर घाइते भएका दुवैजनाको क्रिमसन अस्पताल माणिग्राममा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख प्रहरी निरीक्षक रुमबहादुर केसीले जानकारी दिए ।